चिडियाखानाको बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

काठमाडौँ । कुकुर र बिरालो पछि अब बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित देश अमेरिकामा चिडियाखानाको बाघमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको यो पहिलो घटना हो। 

न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो।

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ। चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। 

चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौँ र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं।' 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय