नेपालका चौँथो कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट आयो

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

कैलाली । नेपालका चौँथो कोरोना संक्रमित धनगढीका युवकको दोस्रो रिर्पोट सार्वजनिक भएको छ। उनको दोस्रो रिर्पोट पनि पोजेटिभ नै देखिएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। जसमध्ये ती युवक र उनकी भाउजुको रिर्पोट पोजेटिभ आयो भने अन्य ७ सदस्यको रिर्पोट नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिनुभयो। 

संक्रमित युवाकी भाउजुमा शनिबार नै संक्रमण पुष्टि भएको थियो। उनकी भाउजूको भने दोस्रोपटक परीक्षण गरिएको छैन । 

दुबईबाट भारत हुँदै नेपाल आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए भने १४ गते उनमा कोरोना पुष्टि भएको थियो । संक्रमित युवकको फेरि केही दिनमा नमुना संकलन गरेर स्वास्थ्य परीक्षण गरिने डा जोशीले बताउनुभयो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय