दाङका सीमा क्षेत्रका थप ४ स्थानमा भोलिदेखि सशस्त्र प्रहरी बल : प्रजिअ रिजाल

dainikonline
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल

दाङ । जिल्लाको सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा भोलिदेखि सशस्त्र प्रहरी बल खटिने भएको छ । ससाना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गरेको समाचार आएपछि चारवटा नाकामा सशस्त्र प्रहरी बल खटाउन थालिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भन्नुभयो, ‘भोलिदेखि थप ४ वटा नाकामा सशस्त्र प्रहरी बल खटाइने भएको छ ।’ उहाँले भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्त्र प्रहरी बल खटाइने जानकारी दिनुभयो ।

दाङका साना ठूला गरी २६ वटा नाकाहरू अनिश्चितकालका लागि बन्द भएपछि गाई, भैँसी तस्कर गर्ने तस्करहरुले वैकल्पिक बाटो प्रयोग गरिरहेको समाचार दैनिक अनलाइनमा प्रकाशित भएको थियो । । भारतसँग सीमा जोडिएका दाङको देउखुरी उपत्यकामा पर्ने गढवा र राजपुर गाउँपालिकाअन्र्तगत पर्ने नाकाहरु कोरोना भाइरस (कोभिड– १९) को कारण बन्द भएपछि तस्करहरुले वैकल्पिक बाटो प्रयोग गर्न लागेको राजपुर गाउँपालिका– १ पटौलीनाकावासीले बताएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय