कान्तिपुर मिडिया ग्रुपका सबै प्रकाशनहरु बन्द

dainikonline
दैनिक अनलाइन | चैत १४, २०७६ शुक्रबार | 0

काठमाडौं । कान्तिपुर पब्लिकेसन (प्रा.)लि.ले आफ्ना प्रिन्ट संस्करणहरू बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण आफ्ना प्रिन्ट संस्करणहरू बन्द गरिएको विशेष सम्पादकीयमार्फत पब्लिकेसनले जनाएको छ । 

विशेष सम्पादकीयमा भनिएकाे छ -‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय