१० देशमा चलिरहेका छन् कोरोना भाइरस फैलाउने वेट मार्केट

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

एजेन्सी । इतिहासका पाना पल्टाएर हेर्नेहो भने अहिलेसम्म फैलिएका जुनसुकै संक्रमण हुन ती वन्यजन्तु र मासुसँग जोडिएका छन्।

हाल विश्वमा महामारी निम्त्याएको कोरोना भाइरसपनि जिवजन्तुसँगै जोडिएको छ।

चीनको वुहानबाट फैलिएको यो भाइरसले विश्वलाईने त्रसाएको छ। यो भाइरस जनावरबाट मानिसमा सरेको बैज्ञानिकहरु बताउँछन्।

खासगरी चमेरोको माुसबाट उक्त भाइरस मानिसमा पैदा भएको र संसार भर फैलिएको विज्ञहरुले बताइरहेका छन।

यदि मानव जाति भविष्यमा फेरि अर्को संक्रमण चाहँदैन भने काटमार बन्द गर्नुपर्ने तथा जिवजन्तुहरुको संरक्षणमा ध्यानदिनुपर्ने विज्ञहरुको निष्कर्ष छ।

भाइरस फैलिएपछि चीनले हाल वुहान स्थित वेट मार्केट बन्द गरेको छ।

चीनले बन्द गरेपनि जंगली वन्यजन्तु जिउँदै काटमार गरेर बेचिने यस्तो मार्केट अन्य देशमा भने खुलमखुल्ला मासु बिक्रि वितरण जारी रहेको छ।

चीनका अलावा थाइल्याण्ड, भियतनाम, कम्बोडिया, मलेशिया, इन्डोनेसिया, ताइवान, हंगकंग, सिगापुर, दक्षिण कोरिया र जापानमा यस्ता मार्केट निर्वाध रुपमा चलिरहेका छन्।

वेट मार्केटबाटै चीनमा सन् २००२ मा सार्स भाइरल फैलिएको थियो। सार्सले विश्वभर ८ हजार भन्दा बढिको ज्यान लिएको थियो । 

उक्त समयमा समेत चीनले वेट मार्केट अस्थायी रुपमा बन्द गरेको थियो। तर, भाइरस नियन्त्रणमा आएसँगै फेरि वेट मार्केट खुला गरिएको थियो।

युएनको रिपोर्ट अनुसार जंगली जनावरको व्यापार सन् २०१६ मा १.४ लाख करोड रुपैयाको थियो भने सन् २०१८ मा बढेर ७ लाख करोडमा रुपैयामा पुगेको थियो।

चीनको गुआंग्डोंग वेट मार्केट त्यस्तो सहर हो जहाँ अंिजगर, कछुवा, झिंगा, चमेरा बिच्छी, सालक, स्याल, जंगली बिरालो, मगरमच्छ आदी बेच्ने गरिन्छ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय