विषम परिस्थितिमा एनसेलको ब्रमलुट : अफरको नाममा यसरी ठगिन्छ्न ग्राहक

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई रिचार्ज बराबरै रकम बोनस दिन निर्देशन दिएसँगै एनसेलले पनि बोनस सहितको अफर सार्वजनिक ग-यो। कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएको समयमा प्रयोगकर्ताको सहजताको लागि  प्राधिकरण निर्देशन दिएसँगै बोनस र अफर एनसेलले पनि ल्यायो । तर असहज परिस्थितिमा सहजता प्रदान गर्ने उद्देश्यका साथ दिन भनेको अफरका नाममा एनसेल कमाउ धन्दामा लागेको छ । कर छलेर नेपालमा कम्पनी सञ्चालन गर्दै आएको एनसेलले ल्याएको अफर अहिले सेवाग्राहीलाई निल्नु न ओकल्नु भएको छ ।

प्राधिकरणले  रिचार्ज बराबरकै बोनस दिन निर्देशन दिएकोमा उक्त निर्देशन लत्याउँदै एनसेलले रिचार्जमा ५० प्रतिशतसम्म बोनस दिने योजना ल्यायो । त्यतिमात्रै हैन एनसेलले पाँच सय रुपैयाँ रिचार्ज गर्दा प्राप्त हुने बोनस १८ घण्टमै सक्नु पर्ने जनायो ।  एनसेलले ल्याएको योजना अन्तर्गत उसका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सकिने र  प्राप्त बोनस रकम एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने बतायो ।

यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गरेमा बोनस स्वरुप २५ रुपैयाँ पाउने १००० रुपैयाँ रिचार्ज गर्दा ५०० रुपैयाँ पाउने तर, त्यस्तो बोनस रकम भने सोही दिनको मध्य रातीसम्म मात्र मान्य हुने कम्पनीले जनाएर जनतालाई नाम मात्रको बोनस बनाइदियो साथै झुक्किने अवस्था सिर्जना ग-यो ।  १० रुपैयाँ माथिको रिचार्जमा बोनसको व्यवस्था गर्नुपर्नेमा एनसेलले ग्राहकले ५० देखि १००० रुपैयाँसम्मको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्ने बनाएर ग्राहक झुक्यायो ।  बिहान उठ्ने बित्तिकै अर्थात ६ बजे एक हजार रुपैयाँ रिचार्ज गरेका उक्त बोनस प्रयोग गर्ने समय १८ घण्टा मात्रै हुने तर यदि बेलुका ६ बजे मोबाइल रिचार्ज गरेमा भने त झन् ६ घण्टामै पाँच सय रुपैयाँ सक्नुपर्ने जस्तो नियम बनायो एनसेलले ।

एनसेलले सापटी रकममा समेत जनतालाई झुक्याएको छ । ४० रुपैयाँदेखि २०० रुपैयाँसम्म सापटी लिन मिल्ने बनाएको एनसेलले त्यसमा पनि ब्याज खाने गरायो । प्राधिकरणले निःशुल्क रुपमा सापटी सेवा उपलब्ध गराउन भनेकोमा एनसेलले २ रुपैयाँ सेवा शुल्क लाग्ने गरी अफर ल्यायो ।

एनसेलले ल्याएको १५ जीबी डेटा भोलुम सहितको स्पेसल डेटा प्याक स्टे होम प्याकमा पनि ग्राहक झुक्याउने गरी ठगको रणनिति अवलम्बन गरेको छ । जसअनुसार २३० रुपैयाँमा एक हप्तासम्म प्रयोग गर्न मिल्ने गरी १५ जीबी डेटा उपलब्ध गराउने बतायो तर प्याकेजको १० जीबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुने बनायो भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने बनायो ।

सबैभन्दा बढी ईन्टरनेट प्रयोग हुने समयमा नदिएर मध्यरात देखि बेलुका ६ बजेसम्मको समयमा मात्र यो प्याकेजको डेटा प्रयोग गर्न पाउने बनायो । यसबाट सेवाग्राही झुक्कीएर मुख्य ब्यालेन्सबाट रकम काटीनसक्ने स्थिति सिर्जना गरायो । 

स्मार्ट टेलिकमको अटेरी

यता स्मार्ट टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार रिचार्ज बराबर बोनस सेवा अझै सुरु गरेको छैन । स्मार्ट टेलिकमले भने हालसम्म त्यस्तो कुनै योजना सार्वजनिक नगरेको देखिएको छ ।

प्राधिकरणले मुलुक नै लकडाउनको अवस्थाबाट गुज्रिरहेका बेला प्रयोगकर्ताको सहजताको लागि सेवा प्रदायकलाई यस्तो सुविधा उपलब्ध गराउन निर्देशन दिएकोमा स्मार्टले निर्देशन पालना गरेको छैन । लोनको रुपमा स्मार्टले ४० रुपैयाँ मात्रै दिइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय