कोरोना संक्रमित युवतीसँगै आएका एक व्यक्तिसहित पाँच जना क्वारेन्टाइनमा

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0
फाइल फोटो

कोरोना भाइरस ससंक्रमण पुष्टि भएकी युवतीसँगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै वाह्रदशी–१ खयरवारीका एक युवा पनि नेपाल आएका थिए ।  

सामाजिक सञ्जालमा सो उडानबाट कोरोनाभाइरस संक्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका–३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिनुभयो। 

कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा राखिएका ती युवाले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवार लगायत अरुलाई नआत्तिन सुझाव दिएका छन् । यता झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वास्थ रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभयो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय