उपचारपछि घर पठाइएका १० प्रतिशतमा पुन: कोरोना पोजेटिभ

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडाैं । चीनमा नोभेल कोरोना भाइरसको अवस्था नियन्त्रण भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । ८१ हजारभन्दा बढी कोरोना संक्रमित भएको चीनमा ७४ हजारलाई उपचारपछि घर पठाएको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

तर, कोरोना इपिसेनटर चीनको वुहानका चिकित्सकका अनुसार उपचारपछि सञ्‍चो भएर फर्किएका संक्रमितहरुमध्ये ३ देखि १० प्रतिशतसम्मलाई पुन: कोभिड-२९ पोजेटिभ देखिएको छ । विश्वभरका अनुसन्धानकर्ताहरु नोभेल कोरोना भाइरसको संक्रमणको उपचारपछि सञ्‍चो भएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएमा अन्यलाई कोरोना भाइरसको संक्रमण गराउन सक्छन् कि सक्दैनन् भनेर खोजी गरिरहेका छन् ।

वुहानको तोङ्जी अस्पतालका चिकित्सकका अनुसार सञ्‍चो भएका संक्रमितहरुले अन्य व्यक्तिलाई संक्रमण गराएको प्रमाण अहिलेसम्म भेटिएको छैन । उनले ती संक्रमित व्यक्तिको उपचारपछि फेरि पोजेटिभ देखिएपछि उनीहरुको परिवारमा कोरोना परीक्षण गरिएको थियो । तोङ्‍जी अस्पतालको अनुसन्धानको स्याम्पल साइज अहिले सिंगो चीनको हकमा मिल्‍न गएको छ । कोरोनाको उपचार गराएर फर्किएका संक्रमितहरुमा पुन: कोरोना देखिएको छ ।

नयाँ संक्रमितभन्दा पनि उपचारपछि पुन: संक्रमण भएकाहरु बढ्दै गएको बताइएको छ । वुहानमा कोरोना देखिएका करिब ९० प्रतिशत संक्रमितहरुलाई उपचारपछि घर पठाइएको छ । जसमा चार हजार ३०० संक्रमितहरुको अझै उपचार भइरहेको अस्पतालले बताएका छन् ।

अहिले देखिएका कोरोना संक्रमितहरुमध्ये अधिकांश बाहिरबाट आएका व्यक्तिहरु रहेको समेत बताइएको छ । तोङ्जी अस्पतालका प्रमुख वाङ वीले कोरोनाको उपचार गरिएका १४७ बिरामीको अध्ययनका क्रममा पुन: जाँच गर्दा तीन प्रतिशतमा कोरोना देखिएको बताए ।

त्यसैगरी लाइफ टाइम्स म्यागेजिनका अनुसार कोरोनाको उपचारपछि वुहानको क्‍वारेन्टाइनमा रहेकाहरुमध्ये ५ देखि १० प्रतिशतमा फेरि कोरोना पोजेटिभ देखिएको बताइएको छ । त्यसैगरी आइतबार एक परिवारका तीनै जनालाई उपचारपछि सञ्‍चो भएकोमा फेरि जाँच गर्दा कोरोना देखिएको स्वास्थ्य म्यागेजिन लाइफ टाइम्सले जनाएको छ ।

यसले न्युक्लिक एसिड परीक्षण कतिको विश्वसनीय छ भन्‍ने प्रश्‍न उब्जाएको छ । त्यसैगरी केही विज्ञहरुले भने टेस्ट किट र संक्रमितको नमुना संकलन र परीक्षणको संवेदनशीलता र स्थायित्वप्रति चासो व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय