लकडाउनको मारमा परेका गरिब जनतालाई राहत दिने भारतको घोषणा

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

नयाँ दिल्ली । भारतले लकडाउनको मारमा परेका गरिब जनतालाई राहत दिने घोषणा गरेको छ ।

भारतीय वित्त मन्त्री निर्मल सीतारमणले बिहिबार एक पत्रकार सम्मेलन गर्दै राहतको घोषणा गरेकी हुन्।

कोरोना संकटसँग जुघ्न वित्त मन्त्रीले एक लाख ७० हजार करोड (भारु) रुपैँयाको राहत प्याकेजको घोषणा गरिन्।

उक्त रकमबाट ८० करोड गरिब जनतालाई ३ महिनासम्मका लागि १० किलो चामल अथवा गहुँ र १ किलो दाल दिइने छ।

भारतले जनतालाई भोकै रहन नदिने प्रतिबद्धता जनाउँदै उक्त राहत प्याकेज घोषणा गरेको हो।

कोरोना भाइरस फैलनबाट रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशभर २१ दिनसम्मका लागि लकडाउनको घोषणा गरेका थिए। 

लकडाउनपछि जनजिवन एवं आर्थिक गतिविधि ठप्प छ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय