'लकडाउनले मात्र कोरोना रोकिँदैन, चीन र सिंगापुरले अपनाएको मोडल अपनाउनुस्'

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोक्न चीन र सिंगापुरले अपनाएको मोडल अपनाउन आग्रह गरेको छ । विश्वकै धेरै जनसंख्यामध्येको एक भएको भारतलाई चेतावनी दिँदै डब्लूएचओले लकडाउन मात्रले कोरोना भाइरसको संक्रमण रोक्न नसकिने बताउँदैं कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन र सिंगापुरको मोडल अपनाउन अपिल गरेको हो ।

विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यले लेखेका छन, ‘कोरोना भाइरसको महामारी रोक्न भारतले चालेका कदम तारिफयोग्य छ, तर लकडाउनले मात्र पुग्दैन । भारतले चीन र सिंगापुरको मोडल अपनाउनुपर्छ ।’ डब्लूएचओले भारतलाई कोरोना भाइरसबाट संक्रमित मानिसहरुको पहिचान छिटोभन्दा छिटो गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय