कोरोनाले २१ बर्षीया छोरीको ज्यान लिएपछि आमाले यस्तो लेखिन

dainikonline
दैनिक अनलाइन | चैत १२, २०७६ बुधबार | 0

लण्डन । बेलायतमा एक २१ बर्षीय युवतीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

विज्ञहरुले कोरोनाबाट ज्यान गुमाउने जोखिममा खासगरी अन्य रोगबाट ग्रसित भएका एवं वृद्ध मानिस रहको भनिरहँदा लण्डनमा भने युवतीको नै ज्यान गएको हो।

परिवारका अनुसार उनमा यसअघि कुनै किसिमको स्वास्थ्य समस्या थिएन।

कोरोनाबाट मृत्यु हुनेमा उनी अहिलेसम्मकै सबैभन्दा कान्छो व्यक्ति हुनसक्ने विश्वास गरिएको छ।

बकिङह्याम्सायरस्थित हाई वाइकम्बेमा बस्ने २१ बर्षीय क्लोय मिडिल्टनको मृत्युपछि आमा डायना मिडिल्टनले सचेत हुन सबैलाई आग्रह गरेकि छन्।

छोरी गुमाएकी डायनाले फेसबुकमा लेखेकी छन्, 'जसले यसलाई केवल भाइरल मात्रै ठान्नु भएको पूर्नविचार गर्न जरुरी छ। मेरी प्यारी २१ बर्षकी छोरीको ज्यान लिएर गएको यो भाइरसबारे म आफ्नै अनुभवबाट भनिरहेकी छु।'

उनले महामारी रोकथामका लागि घरको ढोका थुनेर बस्न समेत सबैलाई आग्रह गरकी छन।

उनकी सानी आमा इमिली मिस्ट्रीले पनि आफ्नी भतिजीमा कुनै किसिमको स्वास्थ्य समस्या नरहको फेसबुकमा उल्लेख गरेकी छन्।

बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८ हजार ७७ पुगेको छ भने ४ सय २२ जनाको मृत्यु भइसकेको छ। 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय