कोरोना संक्रमित युवतीको अवस्था बारेमा टेकु अस्पतालले यस्ताे भन्याे

dainikonline
दैनिक अनलाइन | चैत ११, २०७६ मंगलबार | 0

काठमाडौं । कोरोना संक्रमण देखिएकी फ्रान्सबाट आएकी एक नेपाली युवतीको उपचार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले भने संक्रमित बिरामीको अवस्था जटिल नरहेको बताउँदै कसैले यसबाट आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको भए पनि अवस्था जटिल नभएको अस्पतालले बताएको हाे । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले उनीमा भाइरस देखिए पनि अवस्था जटिल नभएको जानकारी दिनुभयाे ।

उनको उपचारमा चिकित्सकले अजिथ्रोमाइसिन लगायतका एन्टीबायोटिक औषधि चलाएको अस्पतालले जनाएकाे छ । उनी ४ चैतमा फ्रान्सबाट नेपाल आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय