यूएईमा कोरोना लागेका दुई नेपाली निको भए, बहराइन र अमेरिकामा ५ नेपाली संक्रमित

dainikonline
दैनिक अनलाइन | चैत ११, २०७६ मंगलबार | 0

यूएई । यूएईमा कोरोना भाइरसको संक्रमण देखिएका दुई नेपाली निको भएका छन्। निको भएका ती नेपालीलाई अस्पतालको प्रक्रिया अनुसार डिस्चार्ज गर्ने तयारी भइरहेको यूएईका लागि नेपाली दूतावासले जनाएको छ। 

दूतावासका अनुसार यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार नियमित ब्रिफिङमा दुई नेपालीसहित एक इरानी नागरिक निको भएको जानकारी गराएको थियो। 

बहराइनमा पनितीन जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ भने अमेरिकाको न्यूयोर्कमा पनि दुई नेपाली कोरोना संक्रमित भएका छन्। त्यस्तै लण्डनमा पनि एक महिला कोरोना भाइरस संक्रमित भएकी छिन्। 

विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय