कोरोना भाइरसः भाडामा बस्नेहरुको घरभाडा नलिन माग

dainikonline
दैनिक अनलाइन | चैत ११, २०७६ मंगलबार | 0

काठमाडौँ । भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ । 

बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको हो। आजको राजधानी दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय