कोभिड १९ः कर्णाली प्रदेशले घोषणा गर्यो ५० करोडको विपद् व्यवस्थापन कोष

dainikonline
दैनिक अनलाइन | चैत १०, २०७६ सोमबार | 0

सुर्खेत । कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि कर्णाली प्रदेश सरकारले ५० करोड रुपैयाँको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ।

सोमबार बसेको कर्णाली प्रदेश सरकारको २२औं मन्त्रिपरिषद वैठकले विपद व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले विज्ञप्ती जारी गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभएको हो।

बैठकले कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्य योजनाको लागि रू ५० करोडको विपत व्यवस्थापन कोष स्थापना गर्ने र जिल्ला विपद व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सवै जिल्लालाई रू ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम तथा नियन्त्रणमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले तोकेको मापदण्ड अनुरुपको सेवा सुविधामा दोहोरो नपर्ने गरि सेवा सुविधा उपलब्ध गराउने, 

प्रदेशका प्रमुख सचिवको नेतृत्वमा आर्थिक तथा भौतिक कार्यलाई व्यवस्थित र प्रभावकारी गराउन ९ सदस्यीय कार्यकारी समिति गठन गर्नेलगायतका निर्णय गरिएको छ।

हेर्नुस् प्रवक्ता केसीको विज्ञप्ती–

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय