अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | चैत ९, २०७६ आइतबार | 0

काठमाडौँ । आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर अहिलेसम्मकै महंगो बनेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १२९ रुपैयाँ २३ पैसा छ।        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४१ रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ६८ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय