ठूलो समस्यामा बलिउड चर्चित गायिका कनिका, कोरोना संक्रमित भएपछि मुद्दा !

dainikonline
दैनिक अनलाइन | चैत ८, २०७६ शनिबार | 0

काठमाडौँ । कोरोना भाइरसको संक्रमण देखिएपछि बलिउडकी चर्चित गायिका कनिका कपुर समस्यामा फँसेकी छिन्। 

यही मार्च १५ मा लण्डनबाट लखनउ फर्किएकी उनमा कोरोना पोजेटिभ भेटिएको हो। लण्डनबाट फर्किएपछि उनले एयरपोर्टमा चेकजाँच गरेकी थिइन्। भारतीय मिडिया रिर्पोटका अनुसार उनले एयरपोर्टका कर्मचारीसँगको मिलेमतोमा बाथरुममा लुकेर जाँच कक्षबाट भागेकी थिइन्। त्यसपछि आइतबार मात्रै लखनउमा रहेको एउटा ताज होटलमा भएको कार्यक्रममा उनी सहभागी भएकी थिइन्।

उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि मुद्दा दर्ता गरिएको छ। यूपी सरकारले संवेदनशील अवस्थामा जानकारी लुकाएको आरोपमा उनीमाथि मुद्दा गर्दा गराएको हो। कनिकाविरुद्ध लखनउको सरोजिनी नगर प्रहरी चौकीमा एफआइआर दर्ता गरिएको समाचारमा उल्लेख छ। 

कोरोना भाइरसको संक्रमण भएर भारत फर्किएकी उनले धेरै व्यक्तिमा कोरोना भाइरस सारेको हुनसक्ने बताइएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय