फेरि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

dainikonline
दैनिक अनलाइन | चैत ७, २०७६ शुक्रबार | 0

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।  महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ ।  आज, चाँदी तोलामा रु २० ले बढेर प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिंजाे विहिबार सुनको मूल्य तोलामा रु ७५ हजारमा कारोबार भएकाे थियाे । महासंघका अनुसार तेजावी सुनको मूल्य हिंजाे रु ७४ हजार ७०० कायम गरिएको थियाे । यस्तै हिंजाे चाँदी प्रतितोला ६८० रुपैयाँमा कारोबार भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय