कोरोनाकाे असर दीपिकामा, घर सरसफाइ गर्दै

dainikonline
दैनिक अनलाइन | चैत ७, २०७६ शुक्रबार | 0

काठमाडाैं । विश्वभर कोरोना भाइरस (कोभिड–१९’ले आक्रान्त बनाएको अवस्थामा भारत सरकारले घरभन्दा बाहिर नजान सल्लाह दिइसकेको छ । कोरोना भाइरसको कारण फिल्मको छायाँकन समेत रोकिएको छ । यस्तो बेला बलिउड कलाकारहरु फुर्सदिला भएका छन् ।

फुर्सदको अवसरलाई बलिउड अभिनेत्री दीपिका पादुकोण भने घरको सरसफाई र आफ्नो स्याहारमा लगाएकी छन् । पछिल्लो समय फिल्म ‘छपाक’ देखिएकी दीपिकाले हालै आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक तस्विर सेयर गरेकी छन् । जुन तस्विरमा उनी फेस मसाजमा ब्यस्त छिन् ।

साथै, उनले लेखेकी छन् ‘सिजन–१, एपिसोड २१ (कोभिड–१९)को समयमा प्रोडक्टिभिटी’ । साथै दीपिकाले आफैंलाई गर्ने प्यार र स्याहार समेत लेखेकी छन् । यसअघि एक पोस्ट सेयर गर्दै उनी घरको सरसफाइमा ब्यस्त रहेको जानकारी दिएकी थिइन् ।

‘पेरिस फेसन विक’का लागि फ्रान्स जाने तयारीमा रहेकी दीपिकाले कोरोनाकै कारण कार्यक्रममा उपस्थिति जनाउन नसक्ने बताएकी थिइन् । ३१ मार्चसम्म भारतले ‘लकडाउन’ गरेको छ । सोही कारण उनी परिवारका साथ घरमा समय बिताउँदै छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय