रोनाल्डोलाई कोरोना भाइरस नलागेको पुष्टि

dainikonline
दैनिक अनलाइन | चैत १, २०७६ शनिबार | 0

एजेन्सी । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। 

कोरोना संक्रमणको आशंकामा रोनाल्डो ‘क्वारेन्टाइन’मा बस्न गएका थिए। युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो। 

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो। तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

dainikonline

 ५२ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय