आईपीएल १६ दिन पछि सर्यो

dainikonline
दैनिक अनलाइन | फागुन ३०, २०७६ शुक्रबार | 0

काठमाडौं । कोरोना भाइरसको प्रकोपका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट दुई सातापछि सरेको छ। मार्च २९ बाट शुरु हुने भनिएको आईपीएल १६ दिनपछि सरेको हो।

अब आईपीएलको उद्घाटन खेल अप्रिल १५ मा हुनेछ।

भारत सरकारको सुझावअनुसार बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आईपीएको उच्च व्यवस्थापनसँग छलफल गरेपछि लिग सार्ने निर्णय गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ।

यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो। जसमा आईपीएल खेल्ने विदेशी खेलाडीसमेत पर्नेछन्।

आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ। १३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय