प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स

dainikonline
दैनिक अनलाइन | फागुन ९, २०७६ शुक्रबार | 0

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। 

गज्जबको टिभी युट्युबमार्फत् बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । 

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन्। गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ।

थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ। जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो। 

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ। एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन्। 

रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन्। सुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो। 

गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए।

 हेर्नुहोस् भिडियो–
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय