हेलमेटमा लुकेको थियो विषालु सर्प, शिक्षकले त्यही लगाएर चलाइरहे स्कुटर

dainikonline
दैनिक अनलाइन | फागुन ५, २०७६ सोमबार | 0

सर्पको देख्ने वित्तिकै जो कोहीलाई पनि डर लाग्छ। आसपास कतै सर्प देखियो भने हामी डराउँदै भाग्न थाल्छौँ। यदी तपाईको हेलमेटमा सर्प छ, तर तपाईले त्यो नदेखेर लगाउँदै हिँड्नुभयो भने के होला हालत ? 

एउटा यस्तै घटना सार्वजनिक भएको छ। भारतको केरलामा एक स्कुल शिक्षकले हेलमेट लगाएर स्कुटर चलाइरहेका थिए। त्यही हेटमेटभित्र सर्प बसेको थियो। 

रंजीत नामका ती शिक्षक हरेक दि नझै त्यो दिनपनि हेलमेट लगाएर स्कुटर चलाउँदै करिब ११ किलोमटिर यात्रा गरेर स्कुल पुगे। जब स्कुल पुगेपछि उनले आफ्नो हेलमेट खोले तब उनको होस् उड्यो। 

रंजीतले आफ्नो टाउँकोबाट हेलमेट झिकेपछि देखे, त्यसभित्र सर्प बसको रहेछ। र त्यसको पुच्छर बाहिर निस्किएको थियो। तर हेलमेट भित्र अक्सिजन पास हुन नसक्दा सर्पको मृत्यु भइसकेको थियो। उक्त दृष्य देखेर स्कुलका कर्मचारी दौडिदै आएर हेलमेटको सर्पलाई बाहिर निकाले। 

शिक्षक रंजीतले भने, 'जब म घरबाट हेलमेट लगाएर हिँडे, मलाई कतै पनि सर्प छ भन्ने महशुस भएन्। सर्प भित्र भएको कतै महशुस पनि गरिन्।' उक्त सर्प करैत प्रजातिको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तुरुन्त अस्पताल पुगेका शिक्षकलाई चिकित्सकले सर्पले कुनै पनि नोक्सान नपुर्याएको बताएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय