राष्ट्रिय सभा सदस्य उपाध्यायको निधन

dainikonline
दैनिक अनलाइन | फागुन २, २०७६ शुक्रबार | 0

बुटवल । राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। 

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण शुक्रबार बिहान निधन भएको हो।

उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय