कोरोना भाइरसबाट ६ स्वास्थ्य कर्मचारीको मृत्यु

dainikonline
दैनिक अनलाइन | फागुन २, २०७६ शुक्रबार | 0

बेइजिङ । चीनमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ८० पुगेको छ । मृत्यु हुनेमा ६ जना स्वास्थ्य कर्मचारी रहेको बताइएको छ।

संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ। 

चिनियाँ अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार 

बुधबारमात्रै थप १ सय २१ जनाको मृत्यु भएको छ। २५ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन्। 

मृतक तथा संक्रमित हुनेमा धेरै जसो मानिस हुबेईका रहेको सिन्हवाले जनाएको छ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ५ लाख मानिसहरुलाई चिकित्सकको अवलोकनमा राखेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय