नेप्से घट्याे

dainikonline
दैनिक अनलाइन | फागुन १, २०७६ बिहिबार | 0

काठमाडौं । बिहीबार नेप्से परिसूचक १.३९ अंक घटेर १ हजार ३४४.५९ विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। बिहीबार १७२ कम्पनीको १७ हजार ६९८ पटकको कारोबारमा १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको ३७ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ। यसदिन हिमालयन डिष्टलरीको सबैभन्दा बढी १२ करोड बढीको शेयर किनबेच भयो । शिवम सिमेन्ट पनि झण्डै दश करोड, एशियन लाइफको साढे ६ करोड बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै गणपति लघुवित्त र हिमालयन डिष्टलरीको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।

राद्यी विद्युत र एनलजी इन्स्योरेन्सका लगानीकर्ता पनि धेरै कमाउनेमा परे । सबैभन्दा धेरै मूल्य घट्नेमा नेपाल हाइड्रोपावर छ जसको मूल्य ३।१० प्रतिशतले घटेको छ । ओरियन्टल होटलको शेयर मूल्य पनि चार प्रतिशत बढीले घट्यो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय