समुद्री किनारमा बोल्ड अवतारमा मौनी, तस्वीर भाइरल

dainikonline
दैनिक अनलाइन | फागुन १, २०७६ बिहिबार | 0

नागिनबाट चर्चामा आएकी मौनी रोय अहिले छुट्टि मनाउन माल्दिभ्समा छिन्। अहिले उनले उक्त स्थानमा रमाइलो गरिरहेका तस्वीर सार्वजनिक गरेकी छिन्। 

मौनीले समुन्द्री किनारमा बसेका केही तस्वीर सावजनिक गरेकी छिन्। त्यसमा मौनी बोल्ड अवतारमा देखिएकी छिन्। उनले समुद्री किनारमा बसेर सनसेटको मनोरञ्जन लिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त तस्वीर शेयर गर्दै मौनीले लेखेकी छिन्, यो किताब मैले अहिले खोलेकी छु। तस्वीरको कमेन्टमा उनका फ्यानले उनीप्रति फिदा भएको प्रतिक्रिया दिइरहेका छन्। 

पछिल्लो समय मौनीलाई राजकुमार रावसँग फिल्म मेड इन चाइनामा देखिएको थियो। मौनीले यस फिल्ममा राजकी पत्नीको भूमिका निर्वाह गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय