मलाइसँग विवाह गर्न अझै राजी छैनन् अर्जुन कपूर

dainikonline
दैनिक अनलाइन | फागुन १, २०७६ बिहिबार | 0

काठमाडौँ । बलिउड क्षेत्रमा यतिबेला अर्जुन कपूर र मलाइका अरोराको निकै चर्चा हुने गर्दछ। 

उनीहरु प्रायः एकसाथ विभिन्न कार्यक्रममा सहभागी सहभागी हुने गर्दछन्। दर्शकले पनि यो जोडीलाई निकै रुचाएका छन्। यो जोडीको विवाहको चर्चा पनि उत्तिकै हुने गर्दछ। तर अहिलेसम्म उनीहरुको विवाह हुने मिित तय हुन सकेको छैन्। 

विवाह गर्न मलाइका तयार रहेपनि अर्जुन राजी नहुँदा उनीहरुको विवाह हुन नसकेको भारतीय मिडियाले जनाएका छन्। एक रिपोर्टका अनुसार अर्जनुले अहिले नै विवाह गर्ने समय नआएको बताएका छन्। 

केही समय अगाडि एक अन्तर्वार्तामा अर्जुनले विवाहका लागि परिवारको कुनै पनि दबाब नभएको उल्लेख गरेका थिए। उनले आफूलाई विवाह गर्ने र घरबार बसाउने इच्छा लागेपछि विवाह गर्ने पनि उल्लेख गरेका थिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय