कोरोनाको आशंका गरिएका बिरामी टेकु अस्पतालबाट फरार

dainikonline
दैनिक अनलाइन | माघ २९, २०७६ बुधबार | 0

काठमाडौं । कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक व्यक्ती टेकु अस्पतालबाट फरार भएका छन् ।

साउदी अरेवियाका नागरिक अस्पतालबाट फरार भएको अस्पतालले जानकारी दिएको छ । 

चीनको बाटो हुँदै नेपाल आएका एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय