नेपाली सेना चढेको गाडी दुर्घटना

dainikonline
दैनिक अनलाइन | माघ २९, २०७६ बुधबार | 0

घोराही । दाङमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । 

कपुरकोट ३ चोरखोलामा भिरबाट खस्दा १ जनाको को मृत्यु र ६ जना घाइते भएका छन्। घाइते मध्ये ४ को अवस्था गम्भीर छ। 

घाईतेलाई उद्धार गरि उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ। गाडी दुर्घटना भएपछि भिर तथा जंगलभरि हातहतियार र बम छरपस्ट छन्। 

गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा जोखिम भएको छ। गाडी पुरै टुक्राटुक्रा भएको छ।

सेनाद्धारा संकलन कार्य जारि छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन् । मृतकको सनाखत हुन बाँकी छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय