क्यानाडाका सभामुख र शिक्षा मन्त्रीबीच भेटवार्ता

dainikonline
दैनिक अनलाइन | माघ २९, २०७६ बुधबार | 0

काठमाडौं । क्यानडाको सिनेटका सभामूख फुर्रे र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिरामणि पोखरेलबीच भेटवार्ता भएको छ । 

शिक्षा मन्त्रालयमा भएको भेटमा क्यानडाको सिनेटका प्रतिपक्षी दलका नेता, सिनेटर, लगायत नेपालका लागि क्यानडाका राजदूत समेतको उपस्थिति रहेको थियो । 

उक्त भेटघाटमा शैक्षिक अनुभव आदान प्रदानका साथै दुई देशबीच शैक्षिक क्षेत्रमा विशेष गरी उच्च शिक्षा, प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम एवम् विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाका बारेमा छलफल मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

भेटमा क्यानडामा उच्चशिक्षा अध्ययनरत नेपाली विद्यार्थीलाई क्यानडियन उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाबाट आवश्यक थप सहुलियतका सम्भावना बारे समेत छलफल भएको छ।

उक्त विषयमा सहकार्य र सहयोग आदान प्रदानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालका लागि क्यानडाका राजदूतावासबीच थप छलफल गरी अगाडि बढ्ने विषयमा सहमति भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय