आज घट्याे सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | माघ २८, २०७६ मंगलबार | 0

काठमाडौँ । साताको तेस्रो दिन आज मंगलार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार सुन प्रति तोला ७६ हजार रुपैया पुगेको छापावाल सुनको भाउ मंगलबार तोलमा १ सय रुपैयाँले घटेर प्रति तोला ७५ हजार ९ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय