याे हाे खाना नखाई बर्षौंसम्म बाँच्न सक्ने दुर्लभ जीव

dainikonline
दैनिक अनलाइन | माघ २७, २०७६ सोमबार | 0

काठमाडाैं । दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर स्थानीय नाम बेबी ड्र्यागन भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी समयदेखि हल्लिएको पनि छैन । वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ ।

आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२।५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् । गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ ।

यहाँ स्यालामेन्डरको शरीरको अंश डीएनए र इडीएनए पानीमा घोलिएपछि बाहिर आएको हो । स्यालामेन्डरमा जुन गुफामा रहन्छ, त्यहा सजिलैसँग खाना मिल्दैन। यो जीव केहि नखाईकन पनि धेरै समयसम्म जिवितै रहन सक्छ। यसले सम्भव भएसम्म सानातिना किरा, माकुरा जस्ता जीवहरुई खाने गर्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय