प्रहरीले भीरमा लखेटेपछि लडेर विप्लवका नेताको खुट्टा भाँचियो

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

काठमाडौँ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका गुल्मी सेक्रेटरी खिम खड्काको खुट्टा भाँचिएको छ।

घरमा सुतिरहेका बेला प्रहरीले उनलाई राति घेरा हालेको थियो । तर खड्का घेरा तोड्न सफल भए।

नेकपा स्रोतका अनुसार उनी भागेको चाल पाएपछि लखेटेर गएको प्रहरीले भीरबाटो सम्म पुर्याएको थियो। 

उनी त्यही भीरबाट करिव २ सय मिटर तल खसेका हुन्। भीरबाट  खस्दा उनको बायाँ खुट्टा २ ठाउँमा भाँचिएको छ।

खुट्टा भाँचिएपछि परिवारले उद्धार गरि अस्पताल पुर्याएको छ। भरतपुर अस्पतालमा उपचार गराइरहेका खड्काको ३५ दिन बितिसक्दापनि खास्सै सुधार भएको छैन। 

प्रतिबन्ध पछि नेकपाका नेता कार्यकर्तालाई प्रहरीले झुटा मुद्दा लगाउँदै पक्राउ गर्दै आएको छ।   

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय