स्ववियु निर्वाचन तयारी गर्न समाजवादी विद्यार्थीको केन्द्रीय समितिको बैठक

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका लागि समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिको बैठक बोलाएको छ । माघ १४ र १५ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बैठकमा स्ववियु निर्वाचनको तयारी, एजेण्डा निर्माण र केन्द्रीय समितिका सदस्यको कार्य विभाजन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘स्ववियुको चुनावको तयारी, त्यसको एजेण्डा निर्माण र केन्द्रीय समिति सदस्यहरुको कार्य विभाजन गर्न बैठक बोलाएका हौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

अध्यक्ष श्रेष्ठले विद्यार्थी युनियनको केन्द्रीय समिति समायोजनको काम सकिएको जानकारी दिँदै प्रदेशको समायोजन स्ववियु निर्वाचनपछि सम्पन्न गर्ने जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्ववियुको निर्वाचन मिति १४ फागुनलाई तोकेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय