अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा निवेदन

dainikonline
फाइल तस्विर
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0
फाइल तस्विर

काठमाडौं । सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सांसद सापकोटालाई सभामुख बनाउँने निर्णय गरेपछि रिट परेको हो। 

सामाजिक सञ्जलमा हत्याको अभियोग लागेका सांसदलाई सभामुख बनाउँन लागेको भन्दै विरोध हुने गरेको छ।

निवेदनमा काभ्रेका अर्जुन लामालाई अपहरणपश्चात हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दर्ता भइसकेको भन्दै सभामुख नबनाउन माग गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय