चुनाव जिते पछि सहिद पार्कमा पुगे नारायणकाजी

dainikonline
तस्वीर : सुनिल खड्का
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0
तस्वीर : सुनिल खड्का

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिजयी भएको घोषणा पछि सहिद पार्कमा पुगेर सहिदहरुलाई सम्मानका साथ माल्यार्पण गर्नुभएको छ । उहाँको साथमा आजै निर्वाचित संसद भगवती न्यौपाने पनि हुनुहुन्थ्यो ।


माल्यार्पण पछि सहिद पार्कमा  आयोजित सभालाई सम्बोधन गर्दै उहाँले उम्मेद्बार बन्ने निर्णय गर्ने पार्टी, पार्टी नेतृत्व , सम्पूर्ण मतदाता र सबै समर्थक सुभचिन्तक हरुलाई धन्यवाद दिनु भएको थियो ।बिजय लगत्तै प्रतिक्रिया दिदै उहाँले अब आफू आर्थिक क्रान्तिमा केन्द्रितहुने बताउनु भएको थियो।

नेता श्रेष्ठ ३४६२ मतभारसहित विजयी हुनुभएको हो । जम्मा १२१८ मतान्तरसहित उहाँ विजयी हुनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट उम्मेदवार भएका सूर्यप्रसाद रेग्मीले भने २२४४ मतभार ल्याउनु भएको छ । 

गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी हुनुभएको छ । उहाँ नेकपामा महिलातर्फबाट उम्मेदवार हुनुभएको थियो । न्यौपानेले ३ हजार ३ सय ६६ मतभार ल्याउनु भएको थियो । नेपाली कांग्रेसकी उम्मेदवारले २ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय