जर्मनीमा संस्कृत भाषाको क्रेज बढ्यो, १४ विश्वविद्यालयमा पढाईँदै

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडौं । पश्चिमी देशहरुमा संस्कृत भाषा प्रतिको आर्कषण बढ्दै गएको छ।

डेलीमेलको रिपोर्ट अनुसार हाल जर्मनीका शीर्ष १४ विश्वविद्यालयहरूमा  संस्कृत भाषाको पढाई हुने गरेको छ।

बेलायतमा ४ वटा विश्व विद्यालयमा मात्रै पढाई हुने गरिएपनि जर्मनीमा १४ विश्व विद्यालयमा सँस्कृत भाषा सम्बन्धी पढाई हुने गरेको छ।

सँस्कृत पढ्नकै लागि विभिन्न देशबाट मानिसहरु जाने गरेका छन्।

हाइडेलबर्ग युनिभर्सिटीका शास्त्रीय विभाग प्रमुख प्राध्यापक डा.एक्सेल माइकलले सँस्कृतप्रतिको आर्कषण बढिरहेको बताएका छन्।

संस्कृतलाई कुनै धर्म र निश्चित राजनीतिक विचारधारासँग जोड्नु मूर्खतापूर्ण भएको र यसको समृद्ध विरासतलाई हानि गर्ने काम भएको प्राध्यापक माइकल्सले बताए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय