आफ्नो विवाहको कार्ड बाड्न जाँदा टिप्परले किचेर मृत्यु

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

महेन्द्रनगर । कञ्चनपुरमा एक युवतीको दुःखद निधन भएको  छ । 

बैतडीको दशरथ चन्द नगरपालिका वडा नं १, गुरुखोला घर भै हाल महेन्द्रनगर (गोबरैया) डेरागरि बस्ने जनज्योति क्याम्पसमा स्नातक तह अध्ययनरत २० बर्षीया युवती रमिता भट्टको टिप्परको ठक्करबाट निधन भएको हो । 

पारिवारिक स्रोतका अुसार रमिताको यहि माघ १३ मा विवाह थियो।

आफन्तलाई विहेको कार्ड बाड्न जान लागेकी उनको बिहीबार दिउसो भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट ज्यान गएको हो। 

ग्राभेल बोकेको नम्बरको से १ क ८८७ टिपरको चक्काले टाउको किचेपछि भट्टको घटनास्थलमै ज्यान गएको  हो। 

रमिताले करिब १ बर्ष अघि बैतडीको सुनि बस्ने प्रकाश टेर सँग  प्रेम विवाह गरेपछि हाल कन्चनपुर गोबरिया बस्थै आएकि थिइन्।

आफ्नो परम्परा र सँस्कृती अनुसार यहि माघ १३ गते बिहे गर्न लागेकि उनि आफ्नै विवाहको कार्ड बाड्न जाँदा ज्यान गुमाइन्।

स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा प्रहार गरेका थिए। 

रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो।

आफन्त तथा साथीभाईलाई निमन्त्रणा दिन गोबरैयाबाट साईकल चढेर बजार निस्किएको बेला टिप्परले किचेपछि उनको निधन भएको हो।

घटना लगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय