सुदूरपश्चिममा पनि नेकपाकै तारामान र शारदा विजयी

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवार तारामान स्वाँर र शारदा भट्ट विजयी हुनुभएको छ । बिहीबार डोटीको सिलगढीमा सम्पन्न मतदानमा नेकपा उम्मेदवार स्वाँर र भट्ट विजयी हुनुभएको हो ।

नेकपाका उम्मेदवार स्वाँरले ३ हजार ७ सय २० मतभार ल्याई विजयी हुनुभएको हो । नेपाली कांग्रेस प्रताप ठगुन्नाले १ हजार ८ सय ४२ मतभार ल्याउनु भएको थियो ।

त्यसैगरी, महिला समूहबाट नेकपाकी शारदा भट्टले ३ हजार ७३८ मतभार ल्याईन् । विजयी हुनुभएको हाहे । उहाँकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी तुलसी देवकोटाले १ हजार ८५४ मतभार ल्याउनु भएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय