शरीरको वजनका कारण विवाह गर्न हैरानी !

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

एजेन्सी । पाकिस्तानका एक २७ बर्षीय युवक आफ्नो शरीरका कारण विवाहबाट हैरान बनेका छन्।

४४४ केजी तौल भएका वेटलिफ्टर अरबाब खिजर हयात आफ्नो भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन्। 

उनी आफ्नी दुलही कम्तीमा पनि सय किलोको होस् भन्ने चाहन्छन्  तर त्यस्ती युवती नपाउँदा हैरान बनेका हुन्। 

हालसम्म उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेको बताइएको छ।

हयातको परिवारले पनि आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने बताएको छ। 

दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी नजम्ने परिवारको भनाई छ ।

भारतीय मिडिया आजतकका अनुसार हयात पाकिस्तानको खैबर पख्तूनख्वा प्रदेशमा बस्छन्। 

उनले दैनिक हजार क्यारोरी भएको खाना खाने गरेका छन् । दैनिक अण्डा मात्रै ३६ वटा खाने गर्छन्।

विश्वकै सबैभन्दा बलवान व्यक्ति बन्नु आफ्नो उदेश्य रहेको उनी बताउँछन्। एक ट्रयाक्टरलाई रसीले बाँधेर तानेको भिडियो भाइरल बनेसँगै अरबाब पहिलोपटक चर्चामा आएका थिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय