पहिले दूध चुसाइन्, त्यसपछि लोरी सुनाउँदै गरिन ३ सन्तानको हत्या

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

आमालाई भगवानको रुप मानिने गरिन्छ। तर एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले आमाको नाम बदनाम गराएको छ। 

अमेरिकामा एक आमाले आफ्ना ३ सन्तानलाई तड्पाइ तड्पाइ हत्या गरिदिएकी छिन्। अमेरिकाको ओरिजोना राज्यमा बस्ने एक महिलाले ३ बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन्। बच्चाले आमासँग बचाउँन हात पाउ जोडे । तर उनले सुनिन्। 

अन्तर्राष्ट्रिय मिडिया रिर्पोटका अनुसार ती आमाको नाम हेनरी हो । उनी ड्रग्सको लतमा फँसेकी थिइन्। पक्राउ परेकी उनले बयानमा आफ्ना सन्तानलाई एक एक गर्दै हत्या गरेको बताएकी छिन्। 

उनले तीन बच्चाको घाँटी र नाक दबाएर हत्या गरेको स्वीकार गरेकी छिन्। मर्ने ३ बच्चा मध्ये एक ६ महिनाकी छोरी पनि छिन्। हेनरीले बच्चीलाई पहिले बोतलबाट दूध पिलाइन् र लोरी पनि सुनाउँदै सुनाउँदै उनको घाँटी थिचेर हत्या गरिदिइन्। 

हत्यापछि उनले सबै शवलाई लिभिङ रुमको सोफामा राखेको बताएकी छिन्। हेनरीलाई हत्याको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय