तनावमा आलिया भट्ट

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

  काठमाडौँ । नायिका आलिया भट्ट पछिल्लो समयमा तनावमा छिन । निकै सफल अभिनेत्रीका रुपमा चिनिने आलियाका पछिल्ला दुई फिल्म ‘शान्दार’ र ‘कलंक’ बक्स अफिसमा असफल भएपछि उनी निराश छिन ।  उनले अपेक्षा पूरा नहुँदा त्यसले निराश बनाउने बताएकी थिइन् ।

दुई फ्लप फिल्मले पक्कै उनको अपेक्षा पूरा गरेन । ती फिल्मबाट पनि आफूले सिक्दै गरेको तर्क गर्छिन् आलिया । उनी मिहेनतका साथ आफ्नो काममा सय प्रतिशत दिनुपर्नेमा विश्वास राख्छिन् । फिल्मको सफलता र असफलता एकसाथ देखेको भन्दै उनले त्यसैकारण सफलता र असफलताले खासै फरक नपार्ने बताएकी हुन् । यो वर्ष आलिया ‘गंगुबाई कठियाडवाडी’, ‘आरआरआर’, ‘तख्त’, ‘ब्रम्हाश्त्र’मा अभिनय गर्दैछिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय