समुद्रबाट माछा उफ्रेर घाँटीमा छिरेपछि..

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

जाकार्ता । माछा उफ्रेर घाँटीमा टाँसिएपछि इन्डोनेसियामा एक युवक गम्भीर घाइते भएका छन् ।

युवकलाई बचाउँन शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । 

दक्षिण पूर्व सुलावेसी प्रान्तस्थित समुद्रमा माछा मार्ने क्रममा मुहम्मद इदुल नामका १६ वर्षीय युवकको घाँटीमा निडल फिस अर्थात सुई माछा समुद्रबाट उफ्रिएर टाँसिएको हो । 

युवक बुबाआमासँग माछा मारिरहेका थिए । युवकको घाँटीमा माछा टाँसिएपछि घाँटीबाट माछा हटाउन जोखिमपूर्ण शल्यक्रिया गर्नु  अस्पताल लगिएको डेलिमेलले जनाएको छ।


२ घण्टाको शल्यक्रियापछि चिकित्सकहरू उनको घाँटीबाट माछा निकाल्न सफल भएका छन्  ।

सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूमा माछाले मुहम्मदको घाँटीमा दाहिने भागबाट छेडेको देखाइएको छ । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय