चलचित्र १२ सत्ताइस थाइल्याण्ड र अष्ट्रेलियामा पनि

dainikonline
दैनिक अनलाइन | माघ ६, २०७६ सोमबार | 0

काठमाडौं । बेरोजगार युवाहरुको कथा बोकेको कमेडी चलचित्र ‘१२ सत्ताइस’को थाइल्याण्ड र अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।

चलचित्रलाई रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रालिले थाइल्याण्डमा प्रदर्शन गर्न लागेको हो। थाइल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ।

नेपालमा भने गएको शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माण पक्षले जनाएको छ । 

ह्याप्पी प्लानेट फिल्मसले कमेरो फिल्म्स स्क्रिनसँगको सहकार्यमा निर्माण गरिएको चलचित्रको निर्देशन जोन योञ्जनले गर्नुभएको छ । 

चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अश्मिता लामिछाने, सम्राट थापा, एवोनराज उप्रेती, भिष्म जोशी, अश्मिता खनाल, बिना कार्की लगायतको अभिनय रहेको छ । 

रेणु राना, दिपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रमा निर्देशक योञ्जनकै लेखन, अनिश स्यान्ग्दनको छायांकन, शैलेश श्रेष्ठको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय