लोकप्रिय गीतकार लोकराजको नयाँ गीत फेरि लोकप्रिय (भिडियोसहित)

dainikonline
दैनिक अनलाइन | माघ ५, २०७६ आइतबार | 0

काठमाडौं । लोकप्रिय गीतकार लोकराज अधिकारीको नयाँ गीत दर्शकले निकै मन पराएका छन् । रिलिज भएको ३ दिनमै गीतले ५ लाख भन्दा बढी भ्युज पाइसकेको छ । 

यस हिसाबले गीत सफल भएको भन्न सकिन्छ । दाङ घर भएका गीतकार अधिकारीका केही गीत यसअघि करोड क्लबका गीत बनिसकेका छन् । हालै दाङका दुईवटा कार्यक्रममा गीतसङ्गीत साधना सम्मानबाट सम्मानित गीतकार अधिकारीको पछिल्लो यो गीतले बाल्यकालका स्मृति गराएको छ । 

गायक राजेन्द्र बुढाथोकीको स्वरमा रहेको ‘टाला टुली बटुली’बोलको गीतमा छोटो समयमा नै धेरै चर्चा कमाउने तथा सफल कलाकार चर्चित मोडल तथा नायक सागर लम्साल ‘बले’ र उनको साथमा धेरै म्युजिक भिडियो खेलिसकेकी तथा दर्शकको मन मुटुमा बस्न सफल मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ ।

सार्वजनिक गीत लोकराज अधिकारीको शब्द तथा अर्जुन पोख्रेलको सङ्गीतले सजिएको छ । सान थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई  राजीव समरले कोरोयोग्राफ गरेका छन् । अर्जुन तिवारीको छायांकन र शिलन लम्सालले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई टिएलएन मिडियाबाट सार्वजनिक गरिएको छ । धेरैले सो भिडियो हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय