डाइटमा यो गल्ती, पुरुषका लागि पर्न सक्छ भारी

dainikonline
दैनिक अनलाइन | माघ ५, २०७६ आइतबार | 0

टेस्टोस्रोनलाई पुरुषको सेक्स हर्मोनका रुपमा चिनिने गरिन्छ। पुरुषको टेस्टोस्टेरोन स्तर बढाउनका लागि वजन घटाउने सल्लाह दिइने गरिन्छ। एक अनुसन्धानबाट अचम्मित पार्ने खुलासा भएको छ। 

अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ता जेक फन्टसका अनुसार जो पुरुषले लो फ्याट डाइट हुने गर्दछन्, उनीहरुमा टेस्टोस्टेरोनको स्तर कम हुने गर्दछ। जर्नल अफ यूरोलोजीमा प्रकाशित लेखका लागि शोध टिमले एक अन्तर्राष्ट्रिय स्वास्थ्य अध्ययनबाट ३१०० भन्दा बढी पुरुषको आँकडा जुटाएर तथ्यांक संकलन गरिएको थियो। 

अमेरिकन हार्ट एसोसिएशनद्वारा बताइएको दुई दिवसीय आहारका अनुसार १४.६ प्रतिशत पुरुषले लो फ्याट लिए। जबकी अन्य २४.४ प्रतिशत पुरुषले फलफुल, तरकारी तथा पौष्टिक तत्वले पूर्ण खानाको सेवन गरे। 

अध्ययनका अनुसार सामान्य आहार लिने पुरुषभन्दा कम डाइट लिने पुरुषको सिरम टेस्टोस्टेरोन कम पाइयो। उक्त अध्ययनको उद्देश्य खान पानको सीधा असर पुरुषको टेस्टोस्टेरोन स्तरमा पर्छ वा पर्दैन् भन्ने थियो।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय