दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति

dainikonline
दैनिक अनलाइन | माघ २, २०७६ बिहिबार | 0

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

त्यही मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोधपुछका लागि नियन्त्रणमा लिन प्रहरीलाई अनुमति दिएको हो । 

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए।

लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय