माघी र माघे संक्रान्ति : मगर र थारु समुदायको इतिहास र पहिचानसँग जोडिएको पर्व : प्रचण्ड

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी वा माघे सकराती पर्व सबै समुदायले मनाए तापनि मगर र थारु समुदायको पहिचान र इतिहाससँग विशेषरुपमा जोडिएको बताउनु भएको छ । प्रथम माडी खिचरा महोत्सव २०७६ मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले पहिलो खिचरा महोत्सवमा कार्यक्रमको सिलसिला, प्रदर्शन र झाँकी, उपस्थिति र उत्साहले भिजिट नेपाल २०२० को अवसर अनि माडीमा पर्यटन र कृषिको विकास गर्न र सबै दृष्टिले खिचरा महोत्सव महत्वपूर्ण हुने धारणा राख्नुभयो । आफू माडी क्षेत्रमा उत्रेपछि माडीको समग्र विकासमा टेवा दिने उद्देश्य रहेको होटल र फलफूल उद्यानको प्रोजेक्टको शिलान्यास गरेको बताउँदै अब माडी पूरै राष्ट्रले सुन्ने र बुझ्ने ठाउँ हुने बताउनु भयो । उहाँले आफूले निर्वाचन प्रचारका क्रममा माडी दुर्गम हैन सुगम बन्दै जाने बताएको उल्लेख गर्दै माडी क्षेत्रको समग्र विकासको पूर्वाधारको निम्ति आफू संघर्षरत रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले माडी क्षेत्रको सर्वाङ्गीण विकासको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै माडीलाई मणि बनाउन सकिने धारणा राख्नुभयो । उहाँले अब बचेको ३ वर्षमा आफूले देखेका सपना पूरा गर्न गम्भीर गृहकार्य गरिरहेको बताउनु भयो ।

भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय