एक्कासी घट्याे नेप्से

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको शुरूबाटै उर्लिएको नेप्से तेस्रो दिन एक्कासी घटेको छ । अघिल्लो दिन दोहोरो अंक १५ दशमलव १४ अंकले बढेको नेप्से मंगलबार ७ दशमलव ४८ अंकले घटदा नेप्से परिसूचक १ हजार २ सय ६३ दशमलव ३८ मा थामिएको छ ।

नेपाल स्टक एक्सचेञ्जकानुसार मंगलबार नेप्से 0 दशमलव ५९ प्रतिशतले घटेको छ । नेप्से घटे पनि १ सय ८३ कम्पनीको शेयर कारोबार भएकोमा ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता शेयर कारोबार हुँदा १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय